Posts

Tribute to MRR family

#कविता #शिर्षक : एम आर आर (Tribute to MRR family) खासै लेख्न जान्दिन तर पनि यति प्रयास गरे, भुलचुक माफ पाउँ!! - यो नाता कसरी जोडियो? भुगोल अनेक, सोच अनेक, असिमित अनेकताका बाबजुद, न तोडियो न मोडियो, अनेकताले सहयोगलाई छेकेन, विविधताले भाइचारालाई रोकेन, कसैलाई गाह्रो-साह्रो पर्दा, अनकौ सहयोगी हात अघि बढ्छ्न, आइपरे लड्छ्न, चाहे लडाइ होस कुनै बडो शक्तिसङ्ग। अरु बेला सुनिएका एक लाख बेग्ला बेग्लै आवाज, त्यो बेला एउटै गुन्जिन्छ, "हामी सहयोगका लागि तयार छौ।" कसैले म माथी प्रश्नवाचक चिन्ह उठाउछ, ए! के पाइस? म निशब्द हुन्छ। केही नपाएर हैन, मैले पाएको माया र साथलाई शब्द नै नपुगेर। म सोच्छु, न त मैले भोगेको यो मीठो अनुभव उस्ले बुझ्छ, न गर्वले फुलेको मेरो छाती उस्ले देख्छ। कहिले ठ्ट्याङ्गठुटुङ्ग त कहिले झगडा, कहिले विरोध त कहिले लफडा, कहिले रिस त कहिले खुसी, कहिले हासो त कहिले रोदन। जिवनका सबै भोगाइ, मानिसका सबै भावना, देखिसकेको एम आर आर। चाहे म रहुला या नरहुला, तर स्वर्णिम अक्षरले मेरो मुटुमा नाम, लेखिसकेको एम आर आर। किन फुल्छ यो छाती? के छ हौ त्यस्तो एम आर आर माथी? म आफै सङ्ग झर्किन्छु,